नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरमा झारियो

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, १४ : ३५
नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरमा झारियो

काठमाडौं। ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरको हुने भएको छ ।वर्षाका कारण निर्धारित समयमा खेल हुन नसकेपछि ओभर छुट्याएर खेलाइएको हो । २० ओभरको हुनुपर्ने खेलमा १२ ओभर छोट्याइएको छ ।

नेपालले साउदी अरेबियाविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ ।ओमानको अल अमरात क्रिकेट मैदानमा बुधवार दिउँसो पौने १२ बजेदेखि शुरू हुने तय भएको खेल वर्षाले मैदान भिजेका कारण २ घण्टापछि शुरू भएको थियो । 

 

 

मंगलवार राति वर्षाले मैदान भिजेको थियो । पिचमा समस्या आएपछि टस हुन नसकेको हो ।नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जीत हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस