लागु औषध मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, ११ : ४०
लागु औषध मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए । उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस