सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा अडिग छु : शेखर कोइराला

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १४ : ४९
सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा अडिग छु : शेखर कोइराला

इलाम। नेपाली कांग्रेसका नेता डा शेखर कोइराला किराँत धर्म गुरु आत्मानन्द लिङ्देनसँग आशीर्वाद लिएका छन् ।उपनिर्वाचनको प्रचारका लागि इलाम - २ पुगेका कोइरालाले आज माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको आश्रम पुगेर लिङ्देनलाई भेटेका हुन् ।

भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरेका थिए ।

गिरिजाप्रसाद कोइराला ३ पटक आफूलाई भेट्न आएको स्मरण गर्दै लिङ्देनले कोइरालालाई भने - 'गिरिजाप्रसादपछि देशले जिम्मेवार अभिभावक पाएन । माओवादी द्वन्द्व समाधान गर्न तपाईंले निकै राम्रो भुमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईंको साथमा छु ।'

जवाफमा नेता कोइरालाले आफू यतिबेला सबैभन्दा माथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताए ।कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताए ।

कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस