महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदित

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १४ : ११
महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदित

काठमाडौं। संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतीले अनुमोदन गरेको छ ।समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतीले अनुमोदन गरेको बताए ।

प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरुजू कम गर्नका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।संवैधानिक परिषद्‌को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस