तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १३ : ५९
तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा एसबिआई बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजे कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरे ।

 

नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस