काठमाडौं । नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका लागि मोडालिटी तयार गर्ने निर्णय गरेको छ ।दुई पार्टीको एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी एकताका लागि दुवै तर्फको संगठनात्मक स्थिति बारे एक आपसमा जानकारी गराउने काम पनि भएको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्यहरु महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माको उपस्थिति रहेको थियो भने नेपाल समाजवादी पार्टीको तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादवको सहभागिता रहेको थियो ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले गत चैत्र ३ गते पार्टी एकता गर्ने निर्णय सहमति गरेको थियो । सोही दिन एकता प्रक्रियालाई टुंग्याउन कार्यदल गठन गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु
नेसपा (नयाँ शक्ति) ले बोलायो पदाधिकारी र केन्द्रीय समिति बैठक
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
नेपाल समाजवादी पार्टीको महाधिवेशन आज सकिँदै
सुरु भयो नेसपा (नयाँ शक्ति) को महाधिवेशन
नेपाल समाजवादी पार्टीको प्रथम अधिवेशन पोखरामा सुरु