राष्ट्रपतिद्वारा म्याग्दे गाउँपालिकाको भवन उद्घाटन

सफल खबर संवाददाता

सोमबार, ०३ बैशाख २०८१, १५ : ४४
राष्ट्रपतिद्वारा म्याग्दे गाउँपालिकाको भवन उद्घाटन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको म्याग्दे गाउँपालिकाको भवन उद्घाटन गरेका छन्। राष्ट्रपति पौडेलले सोमबार म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गरेका हुन्।

उनले स्थानीय सरकार र जनप्रतिनिधि जति जनतामुखी, लोककल्याणकारी, जनउत्तरदायी भए त्यति स्थानीय जनताको आकांक्षा र आवश्यकता पूरा गर्न सक्षम हुने बताए। उनले झन्झटिलो प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरता विकासको बाधक भएको पनि बताए।

कर्म गर्न र निराश नहुन आम नागरिकलाई अपिल गर्दै उनले बिस्तारै विकासका सम्भावनाहरूले देश प्रगतिको बाटोमा अघि बढिरहेकोमा विश्वस्त हुन आग्रह गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस