सिड्नीको सपिङ मलमा चक्कु र गोली प्रहार

सफल खबर संवाददाता

शनिबार, ०१ बैशाख २०८१, १४ : ५१
सिड्नीको सपिङ मलमा चक्कु र गोली प्रहार

सिड्नी । सिड्नीको एक सपिङ मलमा गोलाबारी र चक्कु प्रहारको घटना भएको छ । घटनामा एक जनामाथि गोली प्रहार गरिएको छ भने ९ महिने शिशुसहित कयौँमाथि छुरा प्रहार गरिएको बताइएको छ ।

मानिसहरू वेस्टफिल्ड सपिङ सेन्टरबाट भाग्दै गरेको देखिएको छ । स्थानीय मिडियाले घटनामा कम्तीमा चार जनाको मृत्यु भएको बताएको छ ।

स्थानीय समयअनुसार साँझ ४ बजे चक्कु प्रहारको घटनापछि गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले स्थानीयलाई सो क्षेत्रमा नजान आग्रह गरेको छ ।

भिडियोमा मलबाहिर दर्जनौँ प्रहरीको गाडी र एम्बुलेन्स देखिएको छ । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरमा एक जना मानिसले ठुलो चक्कु बोकेको तथा कयौँ घाइते भएको देखिएको छ । एएफपीका अनुसार सम्भावित आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको छ । 

प्रतिक्रिया दिनुहोस