टुँडिखेलमा चौथो संविधान दिवसको रौनक (फोटो फिचर)

सुमनराज श्रेष्ठ

बुधबार, ०३ असोज २०७५, १३ : ३८
टुँडिखेलमा चौथो संविधान दिवसको रौनक (फोटो फिचर)

काठमाडौँ । चौथो संविधान दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइएको छ । 
नेपालको संविधान जारी भएको तेस्रो वर्ष पुरा भई चौथो वर्ष प्रवेशको अवसरमा सरकारी तवरमा टुँडिखेलमा संविधान दिवस मनाइएको हो ।
संविधान दिवस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका सभामुख गणेशप्रसाद तिम्सिना, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र लगायतका उच्चपदस्थ अधिकारी कार्यक्रममा उपस्थित थिए ।
समारोहमा विभिन्न सांस्कृतिक झाँकी र बाजागाजा सहितको नृत्य प्रस्तुत गरिएको थियो । नेपाली सेनाले हेलिकप्टरबाट ‘संविधान दिवस २०७५’ लेखिएको ब्यानर प्रदर्शन गर्नुका साथै टुँडिखेल परिसमा आकाशबाट पुष्पवृष्टि गरेको थियो । समारोहस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्यार्थी लगायतले ब्याण्डबाजा र झाँकी प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस