काठमाडौं । काठमाडौंको वायु विश्वकै अस्वस्थकरको पहिलो सूचीमा परेको छ । सिंगापुरले मापन गरेको वायु शुद्धता सूचकांक (एक्युआइ) अनुसार खराब हावाको सूचीमा नेपाल पहिलो नम्बरमा परेको हो।
रियल टाइमका अनुसार नेपालको एक्युआइ २४७ रहेको छ। जुन निकै घातक हो। एक्युआइ अनुसार सय अंकभन्दा माथिलाई घातक प्रदूषित हावा मानिन्छ। त्यस्तै ललितपुरको खुमलटार क्षेत्रको एक्युआइ बिहान मापन गरिएको अनुसार २३६.९७ छ। काठमाडौंको रत्नपार्क क्षेत्रको वायु प्रदूषणको अवस्था १९८.८७, कीर्तिपुर क्षेत्रको १८५.८२, भक्तपुरको एक्युआइ १८४.२१ छ। त्यस्तै आज भारतको नयाँ दिल्लीको एक्युआइ २०३ रहेको छ। तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोर सहरको प्रदूषणको अवस्था १९८ छ। चौथो नम्बरमा रहेको बंगलादेशको राजधानी ढाकाको एक्युआइ १८३ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट