भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारबाही

सफल खबर संवाददाता

सोमबार, २६ चैत्र २०८०, १२ : ३५
भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारबाही

काठमाडौँ । भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाहीमा हुने भएको छ । काठमाडौँको भद्रकालीमा भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारबाही प्रक्रिया अगाडि बढाई सकिएको नेपाल प्रहरीले जनाएको छ ।

भिक्षुमाथि दुर्व्यवहार भएको घटनाप्रति नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस किसिमका घटना पुनरावृत्ति हुन नदिन गम्भीर रहेको प्रहरीले जनाएको छ । शनिवार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति अभियानले भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो । निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा प्रहरीले बल प्रयोग गर्दा भिक्षुमाथि दुर्व्यवहार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस