इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूले दर्ता गरे उम्मेदवारी

सफल खबर संवाददाता

शनिबार, २४ चैत्र २०८०, १६ : ४९
इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूले दर्ता गरे उम्मेदवारी

इलाम । इलाम–२ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । लिम्बुले शनिबार निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

केहदिन अघि मात्र माओवादी परित्याग गरेर रास्वपा प्रवेश गरेका लिम्बूले रास्वपाको प्राइमरी चुनावमा दरखास्त हाल्नुअघि पार्टीको सदस्यता लिएका थिए । प्राइमरी इलेक्सनका लागि ६ जनाको उम्मेदवारी परेकोमा ५ जनाले लिम्बूलाई समर्थन गरेका थिए । त्यसलगत्तै रास्वपाले लिम्बूलाई उम्मेदवार बनाएको थियो । 

प्रतिक्रिया दिनुहोस