काठमाडौं । गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । गृहमन्त्रालयमा हिजो भएको भेटमा आपसी सहकार्य र समन्वय बढाउने विषयमा छलफल भएको स्रोतले बताए ।
मेयर बालेन आफ्ना पुरानै चासो लिएर गृहमन्त्री भेट्न पुगेका थिए । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई सहयोग नगरेको भन्दै असन्तुष्ट रहेका बालेन लामिछानेसँग ट्युनिङ मिलाउने प्रयासमा छन् । श्रेष्ठ गृहमन्त्री हुँदा राखेका प्रस्तावहरुको फलोअपका लागि उनले लामिछानेलाई भेटेको महानगर स्रोतले बतायो ।
भेटवार्तामा बालेनले सुकुम्बासी समस्या समाधानबारे आफूले राखेको प्रस्तावमा के भयो भन्ने जिज्ञासा राखेका थिए । ‘सुकुम्बासीको व्यवस्थापनमा म अगाडि बढेँ, तर गृह मन्त्रालयका कारण योजना सफल हुन सकेन’, बालेनले भने ।
उनले तीनकुनेको पार्कमा केही व्यक्तिको जग्गा परेको र त्यसको मुआब्जा वितरणको विषयमा मन्त्रालयमा फाइल अड्केको सुनाए । यसैगरि, उनले काठमाडौंका केही स्थान ‘नो भेइकल जोन’ बनाउने आफ्नो अवधारणा प्रस्तुत गरे ।
पार्किङ खाली गरिएको न्यूरोडमा फुटपाथ बढाउने योजनाबारे पनि गृहमन्त्रीलाई अवगत गराए । सार्वजनिक यातायातलाई कसरी प्रभावकारी र व्यवस्थित बनाउन गृह मन्त्रालयले ध्यान दिन उनको आग्रह थियो ।
गृहमन्त्री लामिछानेले पनि मेयरबाट यसअघि पेश गरिएको प्रस्तावबारे बुझेर आफूले आवश्यक निर्णय लिने आश्वासन दिए । स्रोतका अनुसार बालेनले गृहमन्त्रीसँग भेटको फोटो नखिच्न आग्रह गरेका थिए । रवि दोस्रोपटक गृहमन्त्री भएपछि पहिलोपटक बालेनले उनलाई भेटेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक
सिपाही, हवलदारलाई तल्लो दर्जा भन्ने होइन : गृहमन्त्री
कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन
कैलाली कारागार घटनाबारे छलफल गर्न गृहमन्त्रीलाई संसदीय समितिले बोलायो
गृहमन्त्रीले बोलाए विधेयक समितिको बैठक
गृहमन्त्रीद्धारा हज समितिको अध्यक्ष नियुक्त