सुनको मूल्य बढ्यो ,कति पुग्यो तोलाको?

सफल खबर संवाददाता

विहीबार, २२ चैत्र २०८०, १० : ५९
सुनको मूल्य बढ्यो ,कति पुग्यो तोलाको?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिजो बुधबारको तुलनामा आज १ हजार रुपैयाँले बढेसँगै मूल्य कीर्तिमानी बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

हिजो बुधबार सुनको मूल्य तोलामा १ लाख ३३ हजार रुपैयाँ थियो । यस्तै, हिजो तेजावी सुनको मूल्य तोलामा १ लाख ३२ हजार ३५० रुपैयाँ छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३३ हजार ३५० रुपैयाँ छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १६ सय १० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १६ सय ५० रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस