आजदेखि सी डिभिजन लिग, १४ क्लबको सहभागिता रहने

सफल खबर संवाददाता

विहीबार, २२ चैत्र २०८०, ०८ : ३१
आजदेखि सी डिभिजन लिग, १४ क्लबको सहभागिता रहने

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि सी डिभिजन सुरु गरेको छ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतियोगिता हुन लागेको हो भने खेलहरू आवश्यकताअनुसार च्यासलस्थित रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पनि खेलाइने एन्फाले जनाएको छ । 

प्रतियोगितामा देशभरका १४ टिमको सहभागिता रहने एन्फाका भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि एन्फाले ३ करोड ५५ लाख २८ हजार ३५८ रुपैयाँ ९० पैसा बजेट छुट्याएको छ भने प्रथम हुनेलाई १० लाख पुरस्कार दिइने छ ।

यस्तै द्वितीय पुरस्कार ७, तृतीय पुरस्कार ५ लाख र फेयर प्लेयर टिम र उत्कृष्ट खेलाडीलाई ५०–५० हजार रुपैयाँ दिइने छ ।

यस्तै उत्कृष्ट गोलकिपरलाई ३५ हजार दिइँदा सर्वाधिक गोलकर्तालाई १७ हजार ५०० रुपैयाँ दिइने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस