झापा। झापाको गौरादहमा पछिल्लो समय सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको पाइएको छ । गएराति मात्रै अज्ञात समूहले गौरादहको तीनवटा सहकारीमा तोडफोड र नगद चोरी गरेको हो ।चोरी गर्नेको पहिचान हुन नसकेको छैन ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीका अनुसार गौरादह–५ स्कूलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद चोरी भएको छ ।
यसअघि गत चैत ५ गते राति गौरादह–९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पनि चोरी हुँदा रु १२ लाख ८७ हजार ६ सय २३ चोरी भएको व्यवस्थापक तिलक कार्कीले बताए ।स्कूलचौनको जनहित सहकारीबाट करिब रु सात लाख सेफमा रहेको र सबै चोरी भएको अध्यक्ष योगेश आचार्यले बताए ।
यसैगरी, सोही स्थानको चप्रामारीको महारानीझोडा सेवा केन्द्रबाट रु ८५ हजार र साना किसान सहकारीबाट रु ५४ हजार चोरी भएको बताइएको छ ।नगरप्रमुख सुवेदीसहितको जनप्रतिनिधिको टोलीले आज बिहान घटनास्थल पुगेर त्यसबारे सहकारीका सञ्चालकसँग जानकारी लिएका छन्।
त्यस क्रममा उनले नगरभित्र सहकारी कार्यालयमा हुँदै आएको चोरी र तोडफोडको घटना नियन्त्रणका लागि स्थानीय प्रशासनको ध्यान जानुपर्ने बताए ।एकैरातमा तीनवटा सहकारी संस्थामा चोरी भएपछि स्थानीयले सुरक्षा बढाउन माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय