काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र मन्त्रीहरूले संसद्मा बोल्न समय माग गर्दा उपलब्ध गराउने अभ्यास रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो र कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमतिबेगर एजेन्डा नबनाउन आग्रह गरेपछि सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सुरूमै समय लिएर कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आफूहरूको सहमतिबेगर सदनका एजेन्डा बनाइए कठोर हुने बताएका थिए ।
शर्माले भनेका थिए, ‘यदि प्रमुख प्रतिपक्षको सहमतिबेगर या कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमतिबेगर कुनै पनि प्रस्तुति रोष्ट्रमबाट आकस्मिक रूपमा गर्न लागियो भने त्यसमा फेरि प्रमुख प्रतिपक्षको विनम्रतापूर्वक तर उत्तिकै कठोरतापूर्वक विमति रहने कुरा म पूर्वसूचना आजको हाउसमा सबै भन्दा पहिले गर्न चाहन्छु ।’
विश्वप्रकाश शर्मा बोलेलगत्तै सभामुख घिमिरेले प्रधानमन्त्री र मन्त्रीले समय माग्दा बोल्न दिने अभ्यास रहेको जवाफ फर्काएका हुन् । सभामुख घिमिरेले भनेका छन्, ‘प्रधानमन्त्री, मन्त्रीहरू संसद्प्रति उत्तरदायी हुने संवैधानिक व्यवस्था हो । प्रधानमन्त्री र मन्त्रीले संसद्मा समय माग गर्दा उपलब्ध गराउने हाम्रो प्रचलन, अभ्यास र र व्यवस्था भएको कुरा जानकारी गराउन चाहन्छु ।’
बुधबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिन चाहेका थिए । लामिछानेको चाहना अनुसार कार्यसूची तय गर्न खोज्दा कांग्रेसले विरोध गरेको थियो ।
कांग्रेसको विरोधका कारण गृहमन्त्रीले जवाफ दिने विषय कार्यसूचीमा राखिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
सभामुखमा डीपी अर्याल निर्विरोध चयन
नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी
सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने
सभामुख पदका लागि डीपीले दिए उम्मेदवारी