त्रिविको लापरबाहीका कारण फेरी दोहोरियो एउटै प्रश्न

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १९ : ३०
त्रिविको लापरबाहीका कारण फेरी दोहोरियो एउटै प्रश्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागको लापरबाही दोहोरिएको छ । सञ्चालन भइरहेको स्नातकोत्तर चौथो सेमेष्टरअन्तर्गत अर्थशास्त्र विषयको प्रश्न पत्रमा एउटै प्रश्न दुई ठाउँ सोधिएको छ ।

पब्लिक इकोनोमिक विषयको प्रश्न पत्रमा एउटै प्रश्न ८ र ९ नम्बरमा सोधिएको छ । १३ चैतमा सञ्चालन भएको परीक्षाको प्रश्न दोहोरिएको र एउटै पाठबाट धेरै वटा प्रश्न सोधिएको विद्यार्थीहरूले बताएका छन् ।

गत वर्ष भएको परीक्षामा पनि यही विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु थियो । प्रश्नपत्र निर्माण गर्ने विषयमा भएको लापरबाहीबारे कारबाही हुनुपर्ने माग राख्दै विद्यार्थीले आन्दोलन गरेपछि छानबिन समिति बनेको थियो । तर कारबाही केही भएन ।

 

प्रतिक्रिया दिनुहोस