काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पार्टीका नेताहरूको नाम जोड्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन्। संसद् भवनअगाडि मंगलबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।
‘समाचार आएपछि पुग्यो! तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन, भन्नेकुरा!,’ उनले भने, ‘हेडलाइनमा एउटा प्रश्न राखेर..! ठगीमा भनेर प्रश्न राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि, भन्नु नपर्ने?,’ उनले भने।उनले पत्रिकाले छाप्नेबित्तिकै दोषी ठहर नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १४ : ०७
लेखकबाट थप