घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, ११ : ५४
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन  तोलामा ४ सय रुपैयाँले घटेको छ ।

सोमवार तोलामा रु एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ ।यस्तै, तेजावी सुन सोमवार तोलामा रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि रु एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ । 

 

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ ।सोमवार प्रतितोला रु एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार पाँच सय ४५ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस