काठमाडौँ । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
२०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो ।
राष्ट्रिय सहकारी महासङ्घ लगायतका सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर आज विविध अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्ने भएका छन् । देशभर अहिले करिब ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्याङ्क छ ।
यो क्षेत्रमा झन्डै ६० लाख सदस्य छन्। सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको बताइन्छ ।
सहकारी क्षेत्रमा सङ्ख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसङ्गतिका कारण यसको लोकप्रियता पछिल्लो समय खस्कँदै गइरहेको छ ।
आम नागरिकले जम्मा गरेको बचतको केही स्वार्थ समूहले गरेको अपचलनका कारण पनि पछिल्लो समय सहकारी क्षेत्र बदनाम बनेको छ,धेरै बचतकर्ता पीडित छन् । सहकारी संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय