काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षामा राजनीतिकरण गर्न नहुने बताएका छन्। संवाद यात्राको क्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयमा छलफलको क्रममा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको कोठामा युनिभर्सिटीमा दलीय भागबन्डाको विषयमा मात्रै कुरा हुने बताए।
उनले भने- ‘शिक्षाको दलिय र पार्टीकरण गर्न हुँदैन। शिक्षाको राजनीतिकरण भनेको चाहिँ नेपालको प्रधानमन्त्री वा सरकारका सबै जिम्मेवारीमा रहेका ठूला नेताहरुले कोठाभित्र बसेर गर्ने छलफलमध्येको एउटा छलफल शिक्षा क्षेत्र भयो भने पो त्यसको रिजल्ट आउँछ। कोठाभित्र छलफल भइहाल्यो भनेपनि युनिभर्सिटीको भागबन्डाको विषयमा हुन्छ। जो सरकारमा छ त्यो दलकै हुन्छ।
त्रिभुवन विश्वविद्यालयको विषयमा प्रधानमन्त्रीसँग त्यत्रो कोशिस गरेको भागबन्डा नगर नगर भनेर लहै भनेपछि अझै शंका गर्ने सुविधा दिऔं राम्रो गर्ने कोसिस गरिराख्नुभएको छ भन्ने कुरा हो। तर, परबाट हेर्दै चिनिन्छ यो विश्वविद्यालयमा यो दलको भन्ने। यो दलीयकरण हामीले रोक्ने हो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा