काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षामा राजनीतिकरण गर्न नहुने बताएका छन्। संवाद यात्राको क्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयमा छलफलको क्रममा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको कोठामा युनिभर्सिटीमा दलीय भागबन्डाको विषयमा मात्रै कुरा हुने बताए।
उनले भने- ‘शिक्षाको दलिय र पार्टीकरण गर्न हुँदैन। शिक्षाको राजनीतिकरण भनेको चाहिँ नेपालको प्रधानमन्त्री वा सरकारका सबै जिम्मेवारीमा रहेका ठूला नेताहरुले कोठाभित्र बसेर गर्ने छलफलमध्येको एउटा छलफल शिक्षा क्षेत्र भयो भने पो त्यसको रिजल्ट आउँछ। कोठाभित्र छलफल भइहाल्यो भनेपनि युनिभर्सिटीको भागबन्डाको विषयमा हुन्छ। जो सरकारमा छ त्यो दलकै हुन्छ।
त्रिभुवन विश्वविद्यालयको विषयमा प्रधानमन्त्रीसँग त्यत्रो कोशिस गरेको भागबन्डा नगर नगर भनेर लहै भनेपछि अझै शंका गर्ने सुविधा दिऔं राम्रो गर्ने कोसिस गरिराख्नुभएको छ भन्ने कुरा हो। तर, परबाट हेर्दै चिनिन्छ यो विश्वविद्यालयमा यो दलको भन्ने। यो दलीयकरण हामीले रोक्ने हो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा