२४ बलमा ३३ रन बनाउँदै आउट भए कप्तान रोहित

सफल खबर संवाददाता

मंगलबार, १३ चैत्र २०८०, १४ : २४
२४ बलमा ३३ रन बनाउँदै आउट भए कप्तान रोहित

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

रोहित टोलीका लागि महत्त्वपूर्ण योगदान गर्दै पेभेलियन फर्किए । उनले पेभेलियन फर्किनुअघि ३३ रन बनाए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका रोहितले केवल २४ बलको सामना गरी पाँच चौका पनि हिर्काए ।

उनलाई आयरल्यान्डका बलर गाभिन होएले रकद्वारा क्याच गराए । १६औँ ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले एक सय ५७ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस