त्रुटिपूर्ण अनुसन्धान गर्ने प्रहरीलाई कारबाही गर्न सहसचिवको नेतृत्वमा समिति

सफल खबर संवाददाता

आइतबार, ११ चैत्र २०८०, १२ : ०४
त्रुटिपूर्ण अनुसन्धान गर्ने प्रहरीलाई कारबाही गर्न सहसचिवको नेतृत्वमा समिति

काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरी अधिृकतहरुलाई विभागीय कारबाही गर्न समिति गठन गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा डीआईजी भिम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य छन् ।

डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीहरु रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

कस्तो विभागीय कारबाही गर्ने भन्नेबारे समितिले निर्णय गर्ने गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस