काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाकालको विवादको विषयमा आत्मलोचना गरेपछि नयाँ समीकरणको सरकार बनाएको बताएका छन् ।
एमाले कास्की जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यो कुनै वामपन्थी गठबन्धन नभएको बताए । महासचिव पोखरेलले भने, ‘पुरानो गठबन्धनको आधारमा मुलुकलाई अगाडि बढाउन खोज्ने हो भने भविष्य फस्नेछ भन्ने मान्यताको आधारमा गठबन्धन भत्काउन तयार हुने हो भने हामी सहकार्य गर्न तयार छौं । हामीले कांग्रेसका नेताहरुलाई पनि भनेका थियौं– तपाईंहरु तयार हुनुस्, हामी साथ दिन तयार छौं । हामीले माओवादीलाई पनि भनेका थियौं । कांग्रेस तयार भएन । माओवादी भयो । हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौं । तर, उहाँ पुरानै गठबन्धनमा फर्किनुभएको थियो । हामी सरकारबाट बाहिरिएर तपाईंले गलत गर्नुभयो भनेर त्यसै बेला भनेका थियौं ।’
उनले अहिले एउटा विन्दुमा आइपुग्दा प्रचण्डले फेरि महसुस गरेपछि सहकार्य सुरु भएको बताए । नेता पोखरेलले भने, ‘देशभक्तिपूर्ण आन्दोलनको यात्राबाट मैले आफूलाई अलग गर्न सक्दिनँ भन्ने लागेर सुशासन र विकासका प्रश्नमा आफू नेतृत्वको टीम सहयोगी बन्न नसक्ने निष्कर्षमा प्रचण्ड पुग्नुभयो । उहाँले नेकपाकालको विवादको विषयमा पनि आत्मलोचना गरेपछि हामीले पुरानो गठबन्धन भत्काएर नयाँ समीकरणको सरकार बनाएका छौं । यो कुनै वामपन्थी गठबन्धन होइन ।’
उनले अहिले फेरि माओवादीसँग सुरु भएको सहकार्यले मिसन २०८४ लाई सफल बनाउन मद्दत पुग्ने बताए । एमाले समाजवादी मोर्चामा जाने पक्षमा नरहेको पनि महासचिव पोखरेलले प्रष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समस्या राजनीतिक अस्थिरतामा र सामाजिक अराजकतामा छ : महासचिव पोखरेल
सिंहदरबार जलाउन उक्साउने को हो ? : शंकर पोखरेल
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक : शंकर पोखरेल
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल