काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्न सुझाव माग गरेको छ ।आयोगमा सहायक प्रवक्ता उपसचिव रामदत्त पाण्डेयले बुधवार विज्ञप्ति जारी गर्दै ऐन समयानुकूल संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सुझाव माग गरिएको जनाएका हुन् ।
‘दलहरूको दर्ता व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन हालको राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न आयोगले सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा ऐन संशोधन निर्देशन समिति र आयोगका सचिवको संयोजकत्वमा ऐन संशोधन मस्यौदा समिति गठन गरी आवश्यक कार्य प्रारम्भ गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले दर्ता कायम रहेका राजनीतिक दल, नागरिक समाज, आम सञ्चार जगत, सम्बद्ध निकाय तथा सरोकारवाला सबैले उक्त ऐनमा गर्नुपर्ने सुधारका सम्बन्धमा ई–मेल वा पत्रमार्फत् राय-सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।
यसअघि गत मंगलवार बसेको आयोगको बैठकले ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३’लाई संशोधन एवं परिमार्जन गर्न निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा ‘राजनीतिक दलसम्बन्धी ऐन संशोधन निर्देशन समिति’ गठन गरेको थियो ।
उक्त समितिले संशोधन परिमार्जन गर्नुपर्ने विषयमा राजनीतिक दल र अन्य सरोकारवालासँग अन्तरक्रिया, छलफल लगायतका कार्यक्रम गर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने