काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख जोड रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफलमा उठेका विषयबारे राष्ट्रिय सभामा जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
मंगलबार मात्र दलहरूको साझा संकल्पपत्र जारी भएको भन्दै यसको प्रमुख लक्ष्यसमेत अर्थतन्त्र चलायमान बनाउनु नै भएको बताए ।आगामी बजेट संकल्पपत्र कार्यान्वयनमा केन्द्रित हुने उनले बताए । मिटरब्याजी, सहकारी र लघुवित्त समस्या समाधानमा पहल सुरु भइसकेको उनले बताए ।
युवा पलायनमा सरकारको ध्यानाकर्षण भएको भन्दै उनले अर्थतन्त्रको प्रमुख समस्या नै रोजगारी अभाव भएको बताए । यसले आयात बढिरहेको र युवा विदेश पलायन भइरहेको समेत बताए ।
‘उत्पादन र रोजगारी बढाउनेमा सरकारको ध्यान जाने छ,’ उनले भने, ‘अहिले नै कार्यक्रम डिजाइनको काम सुरु भएको छ ।’ विगतमा विनियोजन सन्तुलित हुन नसकेको, सार्वजनिक ऋण बढेको गुनासो सांसदहरूले गरेको भन्दै उनले बजेटमा विगतमा पर्याप्त छलफल हुन नसकेको समस्यालाई यसपालि समाधान गरिएको बताए ।
प्रधानमन्त्रीको प्रतिबद्धता अनुसार कानुन संशोधन गरी नयाँ बजेट क्यालेन्डर निर्माण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
अर्थ मन्त्रालयमा पुग्यो नेपालमा एमसीसी निरन्तरताको पत्र