‘कांग्रेस दुधले नुहाएको पार्टी होइन’: गृहमन्त्री लामिछाने

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, १६ : २३
‘कांग्रेस दुधले नुहाएको पार्टी होइन’: गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठाडो उजुरीका भरमा नेपाली कांग्रेसले संसद् अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन् ।

मङ्गलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी गरे । उनले कांग्रेसले पूरक उजुरीमा संसद् अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए ।

लामिछानेले ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि कांग्रेसलाई चुनौती दिए । चिटिक्क परेर अनियमितता गर्ने काँग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गरे ।

उनले भने,  ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु । हामीले कामले जवाफ दिने हो । काँग्रेसले ४ वर्ष संसद् अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले ४ वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने काँग्रेसले नैतिकता, सुशासन गर्ने ?’

प्रतिक्रिया दिनुहोस