फोटोफिचर

निर्मलालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन (फोटोफिचर)

सुमनराज श्रेष्ठ

शनिबार, ३० भदौ २०७५, १५ : ५८
निर्मलालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन (फोटोफिचर)

काठमाडौँ । बलात्कार पश्चात हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको लागि न्याय माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । 

‘निर्मलाको निम्ती न्याय’ अभियानको आह्वानमा शनिबार दिउँसो १ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु भएको थियो । प्रदर्शनमा निर्मलाका बुबाआमासँगै मानव अधिकारवादी, कलाकार, लेखक, पत्रकार र विद्यार्थीसँगै सयौंको संख्यामा सर्वसाधारणहरू उपस्थित थिए ।

निर्मलाको निम्ति न्याय र बलात्कारीलाई कारबाहीको माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर निस्केका प्रदर्शनकारीहरूले नयाँ बानेश्वर पुगेर करिब २ घण्टा धर्ना दिएका थिए ।

निर्मलाका निम्ति न्याय अभियानले आज देशका विभिन्न स्थानहरूमा समेत प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस