तीन ठूला दललाई मिलेर सरकार चलाउन डा. बाबुराम भट्टराईको आग्रह

सफल खबर संवाददाता

शनिबार, ०३ चैत्र २०८०, १९ : २३
तीन ठूला दललाई मिलेर सरकार चलाउन डा. बाबुराम भट्टराईको आग्रह

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीन ठूला दललाई मिलेर सरकार चलाउन आग्रह गरेका छन् ।

प्रा. डा.एसडी मुनिद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलेर साझा एजेण्डा बनाएर अघि बढ्न आग्रह गरेका हुन् ।

उनले भने, ‘एक वर्षमा तीन पटक सरकार परिवर्तन भइसक्यो । यही ताल हो भने १२ चोटि सरकार परिवर्तन हुन्छ भन्ने चर्चा हुन थालिसक्यो । यसरी हुँदैन । मैले शेरबहादुर, ओली र हाम्रो प्रचण्डजीलाई यसरी हुँदैन तपाईँहरू बाँड्नुस् बरु एक दुई वर्ष कसरी हुन्छ बाँड्नुहोस् साना दललाई छाड्दिनुस् र तपाईँहरू साझा एजेण्डामा अगाडि बढ्नुस् भन्दा मान्नुहुन्न । अनि यही खेल खेलिराख्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस