एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाही सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १० : ०५
एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाही सिफारिस

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही सिफारिस भएको छ ।

सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो । 

प्रहरीकै पूर्वउच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले देखाएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

आयोगको सिफारिससँगै बज्राचार्यमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस