बढ्यो चिनियाँ उत्पादनको मूल्य

सफल खबर संवाददाता

विहीबार, ०१ चैत्र २०८०, १४ : ०१
बढ्यो चिनियाँ उत्पादनको मूल्य

काठमाडौं। बेइजिङ– चीनको तथ्याङ्कीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको शुरूमा उच्च मूल्य देखिएको सरकारी तथ्याङ्कले बिहीवार देखाएको छ ।

स्टिल ट्युब, पेट्रोल, कोइला, मल र केही रसायनसहित नौ श्रेणीमा वर्गीकरण गरिएका ५० प्रमुख वस्तुमध्ये २७ वस्तुमा यस अवधिमा उच्च मूल्य देखिएको, २१ वस्तुको मूल्य घटेको र दुई उत्पादनको मूल्य यथावत् रहेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ ।

यस अवधिमा सुँगुरको मासुको मूल्य ४।४ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।हरेक १० दिनको अन्तरालमा सार्वजनिक हुने यो तथ्याङ्क देशभरका ३१ प्रान्तीयस्तरका क्षेत्रका करिब दुई हजार थोक बिक्रेता तथा वितरकको सर्वेक्षणमा आधारित छ ।

 

प्रतिक्रिया दिनुहोस