दाइजो मागेर विवाह भाँड्नेलाई कानुनी कारबाही गर्न सांसदको माग

सफल खबर संवाददाता

विहीबार, ०१ चैत्र २०८०, १२ : २४
दाइजो मागेर विवाह भाँड्नेलाई कानुनी कारबाही गर्न सांसदको माग

काठमाडौँ । दाइजो मागेर विवाह भाँड्नेलाई कानुनी कारबाही गर्न माग गरिएको छ । सांसद शान्ति चौधरीले दाइजो मागेर विवाह भाँड्नेलाई सार्वजनिक अपराधीको संज्ञा दिँदै कानुनी कारबाही गर्न माग गरेकी हुन् ।

यस्ता घटनासागै दाइजो नियन्त्रणमा पनि विशेष काम गर्नुपर्ने उनले बताइन् । व्यवस्था फेरिए पनि अवस्था नफेरिएको भन्दै उनले अवस्था परिवर्तनमा काम गर्नुपर्ने बताइन् । उनले मधेस प्रदेशमा दाइजो प्रथाका कारण महिलाहरू पीडित बनिरहेको भन्दै आत्महत्या गर्ने अवस्था आउन नदिन सरकारले विशेष अभियान चलाउनुपर्ने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस