श्रम मन्त्री अर्यालद्वारा मन्त्रालयमा देखिएका विवादबारे अध्ययन गर्न समिति गठन

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, २० : ०६
श्रम मन्त्री अर्यालद्वारा मन्त्रालयमा देखिएका विवादबारे अध्ययन गर्न समिति गठन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री डोल प्रसाद अर्यालले समिति गठन गरेका छन् । श्रम मन्त्रालयसँग सम्बन्धित देखिएका विवादबारे अध्ययन गर्न प्रवक्ता सहसचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । 

समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती निर्णय तथा विवादहरूको समीक्षा गरेर निर्णय कार्यान्वयन गरिनेछ मन्त्रालयले जनाएको छ ।वैदेशिक रोजगारी व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयहरूमा विवाद देखिएको छ ।

पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अङ्ग्रेजी भाषा आवश्यक हुने सम्बन्धी विषय, दक्षिण कोरियामा इपिएस प्रणालीबाट कामदार पटाइरहेको अवस्थाका बिच इ-सेभन भिसामा समेत कामदार पठाउने लगायतका विषयमा विवाद देखिएको हो ।

प्रतिक्रिया दिनुहोस