काठमाडौँ । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत्र ४ गते हुने भएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आइतबारको दिन तोकेको जानकारी गराए ।
उनले समिति सभापतिहरूको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन दिए ।
उनले भने, ‘मान्य सदस्यहरू राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आइतबारको दिन तोकेको छु ।
समिति सभापतिहरूको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन गर्दछु ।’राष्ट्रिय सभाको अर्को बैठक चैत्र २ गते शुक्रवार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन