कुशल भुर्तेलले नै लिए पीएनजीको सातौँ विकेट

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, १३ : २३
कुशल भुर्तेलले नै लिए पीएनजीको सातौँ विकेट

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को सातौँ विकेट लिएको छ । पीएनजीको सातौँ विकेट पनि कुशल भुर्तेलले नै लिए ।

कुशलले पीएनजीका आठौँ नम्बरका ब्याट्सम्यान किपलिन दोरिगालाई लोकेश बमद्वारा क्याच गराएका हुन् । कुशल भुर्तेलले लिएको यो तेस्रो विकेट हो । विकेटकिपर ब्याट्सम्यान दोरिगाले पेभेलियन फर्किनुअघि १४ बलमा एक छक्का र एक चौकाको मद्दतले १४ रन बनाए ।

१७.४ ओभरमा उनी आउट हुँदा पीएनजीले एक सय ३७ रन बनाएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

प्रतिक्रिया दिनुहोस