रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गतका शिक्षक कर्मचारी तलबको माग गर्दै पुनः धर्नामा बसेका छन् । पर्व होली आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना नदेखिएको कारण त्यहाँका शिक्षक कर्मचारी पुनः आन्दोलित भएका हुन् । नगरक्षेत्र अन्तर्गतका शिक्षक र शिक्षिकाहरू आज कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि नगरपालिका अगाडि धर्नामा बसेका छन् ।
नगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतले पटक पटक तलब पठाउने आश्वासन मात्र दिएको तर यस आर्थिक वर्षमा कुनै पनि विद्यालयका शिक्षकले हालसम्म तलब नपाएको कारण बाध्य भएर धर्ना बस्नुपरेको शिक्षक अशोक जैसवालले गुनासो गरे।
फतुवा विजयपुर नगरपालिका अन्तर्गत कार्यरत शिक्षक कर्मचारी गरी ३५० भन्दा बढीले विगत ९ महिनादेखि तलब भत्ता पाउन नसकेको शिक्षक जैसवालले जानकारी दिए ।
निर्वाचित केहि जनप्रतिनिधिहरूले बजेटको भागबन्डाको विषय लिएर बदमासी गरेको कारण वर्षको चाड पर्व होलीको मुखमा शिक्षक कर्मचारी लगातार नौ महिना देखि तलब पाउन नसकेको नगर शिक्षक संघका अध्यक्ष राधेश्याम प्रसाद यादवले बताए।
फतुवा विजयपुर का प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले पाँच दिनभित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग
आन्दोलन थप चर्काउने शिक्षकहरूको चेतावनी, आज पनि वार्ताको तयारी
मध्यरातसम्म चलेको सरकार र शिक्षकहरुबीको वार्ता निष्कर्षविहीन
प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा
शिक्षक ‘नधम्क्याउन’ स्थानीय तहहरूलाई महासंघको आग्रह
शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक