प्रतिनिधिसभा बैठक

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, ११ : २६
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसाथ बैठक बसिरहेको छ ।सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिन लागेका हुन् ।

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन् । विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको साथ छ ।

प्रतिक्रिया दिनुहोस