हात्तीगौंडा र गोछडामा हिमालयन बैंकको सेवा

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, १६ : ०८
हात्तीगौंडा र गोछडामा हिमालयन बैंकको सेवा

काठमाडौं। हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक रहेका शाखाहरूलाई स्थानान्तरण गरी सेवा शुभारम्भ गरेको छ ।बैंकले यही फागुन २७ गते आइतवार काठमाडौंको गोङ्गबुमा रहेको शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ बाट बैङ्किङ सेवा शुरू गरेको छ ।​

 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणाले अन्य कर्मचारीहरूको उपस्थितिमा स्थानान्तरणपछि उक्त शाखाको उद्घाटन गरेका थिए ।यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नम्बर १७ नवलपुरमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

 

 

बैंकका अनुसार गोछडाबाट पनि फागुन २७ गतेदेखि नै सेवा सुचारु गरिएको छ ।हाल बैंकले नेपालभरि फैलिएका १७४ कुल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी पीओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना  ग्राहकहरूलाई विभिन्न बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस