महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

सफल खबर संवाददाता

सोमबार, २८ फागुन २०८०, ११ : ४१
महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ। आइतबार बैंकले उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेबसाइटमार्फत् प्रकाशन गरेको हो।स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्बिरहरूमार्फत् सकारात्मक सन्देश प्रदान गर्दै यस वर्षको क्यालेन्डर प्रकाशन गरी ग्राहकहरू समक्ष ल्याएको बैंकले बताएको छ।

उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको 'बिजचित्र फोटोग्राफी प्रतियोगिता' मा सहभागी तस्बिरहरू मध्येका उत्कृष्ट १२ तस्बिरहरू समावेश गरिएको छ।  मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा ग्राहकहरूलाई जानकारी दिनु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको बैंकको भनाइ छ।

ग्राहकहरूले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेबसाइट मार्फत् डाउनलोड गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस