मिटरब्याज पीडितले गरे जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, १४ : ३३
मिटरब्याज पीडितले गरे जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन

काठमाडौँ । मिटर ब्याज पीडितहरूले जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका छन्।  मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरूले आइतबार ४१ औ दिनमा भद्रकालीमा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका हुन्। 

पीडितहरूले जुत्ता फुकालेर सिंहदरबारतर्फ खुट्टा देखाएका छन् । उनीहरुले भृकुटीमण्डपबाट मार्च पास गर्दै भद्रकाली पुगेर जुत्ता चप्पल फुकालेर खुट्टा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस