स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने

सफल खबर संवाददाता

शनिबार, २६ फागुन २०८०, ०९ : १५
स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने

काठमाडौ । स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ ।

पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या २६ पुगेको हो । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस