काठमाडौँ । नेपाल टेलिकमले महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । हास्यव्यंग्य तथा कलाकारिता क्षेत्रका महजोडी श्रेष्ठ र आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको हो ।
नेपाल टेलिकम केन्द्रीय कार्यालयमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ब्राण्ड एम्बेसडर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक पहाडी अर्यालले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आबद्धता महत्त्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरूका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।
त्यस्तै, कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकमसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या