मन्त्री श्रेष्ठलाई चिनियाँ राजदूतको बधाई

सफल खबर संवाददाता

विहीबार, २४ फागुन २०८०, १६ : २९
मन्त्री श्रेष्ठलाई चिनियाँ राजदूतको बधाई

काठमाडौँ । चिनियाँ राजदूत चेन सोङले नवनियुक्त पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । राजदूत सोङ बिहीबार मन्त्री श्रेष्ठको कार्यालयमा पुगेर भेट गरेका हुन् ।

चिनियाँ राजदूतले मन्त्रीले श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । भेटमा दुईबिच दुई देशबिचको सहकार्यको विषयमा छलफल भएको थियो ।आज बिहानै भारतीय राजदूत नवीन श्रीवस्तवले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस