टेलिभिजन बहसका लागि बाइडेनलाई ट्रम्पको चुनौती

सफल खबर संवाददाता

विहीबार, २४ फागुन २०८०, १५ : २८
टेलिभिजन बहसका लागि बाइडेनलाई ट्रम्पको चुनौती

न्युयोर्क । डोनाल्ड ट्रम्पले जो बाइडेनलाई टेलिभिजनमा बहस गर्नका लागि चुनौती दिएका छन् । ‘सुपर ट्युस्डे’ मा जीतका साथ राष्ट्रपति पदको निर्वाचनका लागि दुवै आमनेसामने हुने लगभग तय भएसँगै ट्रम्पले बहसका लागि चुनौती पेस गरेका हुन् ।

 

रिपब्लिकन नेताले डेमोक्रेटिक राष्ट्रपतिसँग ‘जुनसुकै बेला, जहाँकहीँ जुनसुकै ठाउँमा’ बहस गर्न तयार रहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यता बाइडेनको अभियानले भने ट्रम्प ‘चर्चाको भोको भएको र आफ्नो प्रभाव बढाउन संघर्षरत रहेको’ प्रतिक्रिया दिएको छ ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपति पदको चुनावका लागि अहिलेसम्म कुनै पनि बहसका लागि सम्झौता भएको छैन । तर, रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट निक्की हेली बाहिरिएलगत्तै उनले चुनौती प्रस्तुत गरेका थिए ।

उनले ट्रुथ सामाजिक सञ्जालमा लेख्दै उनले अमेरिका र अमेरिकी जनताका लागि महत्त्वपूर्ण रहेका विषयमा बाइडेन र मैले बहस गर्नु देशका लागि आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस