मन्त्रिपरिषद्का दुई निर्णय : मन्त्री चौधरी न्युयोर्क जाने, स्वास्थ्य सचिवको अवकास

सफल खबर संवाददाता

विहीबार, २४ फागुन २०८०, ११ : २४
मन्त्रिपरिषद्का दुई निर्णय : मन्त्री चौधरी न्युयोर्क जाने, स्वास्थ्य सचिवको अवकास

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न दुई वटा निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले महिलासम्बन्धी संघीय राष्ट्र संघको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी सहभागी हुने निर्णय गरेको छ ।

जसअनुसार उनी कार्यक्रममा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने छिन् ।यस्तै अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देव कुमारी गुरागाईको विदाई गर्ने निर्णय पनि भएको छ।  उनी शनिबार अवकास हुन लागेकाले त्यसअघि नै बिदाइ गर्नेगरी निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस