भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २४ फागुन २०८०, १० : ५४
भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको मृत्यु

काठमाडौं । भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार च्याम्हासिंह चोकमा बा.३ ख ६४०६ नम्बरको बसको ठक्करबाट ८५ वर्षीय विष्णुभक्त प्रजापति घाइते भएका थिए ।

प्रजापतिको उपचारको क्रममा गएराति वि.एण्ड.वि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले  बताए । जगातीबाट लिवालीतर्फ जाँदै गरेको बसले उनलाई ठक्कर दिएको हाो ।

बस चालक काभ्रेको नमोबुद्ध घर भएका २३ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत जगातीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस