एमाले वाम एकता गर्ने कुरामा हतारिने पक्षमा छैन: प्रदीप ज्ञवाली

सफल खबर संवाददाता

विहीबार, २४ फागुन २०८०, १० : ४१
एमाले वाम एकता गर्ने कुरामा हतारिने पक्षमा छैन: प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताएका छन् ।प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहालले नयाँ सत्ता समीकरणलाई वामपन्थी एकताको सुरुवातको रूपमा चित्रण गरिरहेका बेला उनले त्यसमा हतार गरिहाल्ने अवस्था नरहेको बताएका हुन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता नटिक्ने विगतको अनुभव रहेको दृष्टान्त समेत प्रस्तुत गरे । उनले अहिले वामपन्थी एकता, सहकार्य, पार्टी एकता लगायतका विषयमा कुनै पनि छलफल नभएको बताए ।

उपमहासचिव ज्ञवालीले आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको सङ्कट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको बताए ।उपमहासचिव ज्ञवालीले एमालेले वामपन्थी र लोकतान्त्रिक दुई राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्ने मान्यता बोकेको पनि बताए । 

प्रतिक्रिया दिनुहोस