यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, २४ फागुन २०८०, ०८ : ०६
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

यूरो एकको खरिद दर १४३ रुपैयाँ ७६ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा तोकिएको छ । 

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा तोक्दा बिक्री दर १६८ रुपैयाँ ९८ पैसा कायम गरेको छ । 

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस