कांग्रेसका मन्त्रीहरुले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

सफल खबर संवाददाता

मंगलबार, २२ फागुन २०८०, १४ : ३२
कांग्रेसका मन्त्रीहरुले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

सुर्खेत। पत्रकार सम्मेलन मार्फत राजीनामा दिएका मन्त्रीहरुले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा पत्र पेस गरेका छन्।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरु गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस